नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

एस.पि.एस नेशनल इन्क्वायरी प्वाईन्ट

बबर महल, काठमाडौँ

Nepal Flag
२०८२ फागुन २२ गते

परिचय

कृषि वस्तुको स्वच्छता सम्बन्धी सम्झौताको पारदर्शिता प्रावधान अन्तर्गत नेपालमा एस.पि.एस नेशनल ईन्क्वायरी प्वाईन्ट स्थापना सन् २००४ जनवरी १ मा कृषि विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागमा भएको हो । एस.पि.एस सम्बन्धी प्रावधानहरुका बारेमा नेशनल ईन्क्वायरी प्वाईन्टले जानकारी उपलब्ध गराउने क्रममा तपसिलका कार्यहरु गर्दछ ।

-एस.पि.एस संग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु संग समन्वय गरी एस.पि.एस सम्बन्धी प्रावधान बारे सूचना एवं जानकारीहरुको अभिलेख राखी आवश्यता अनुसार आदान प्रदान गर्ने ।
-विश्‍व व्यापार संगठनका सदस्यहरु एवं अन्य सेवाग्राहीहरुलाई आवश्यकता पर्ने जानकारीहरु इन्क्वायरी प्वाईन्टमा भएमा तुरुन्तै उपलब्ध गराउने तथा नभएमा सम्बन्धित निकायसँग समन्वय गरी जानकारी उपलब्ध गराउने ।
-एस.पि.एस मेजर्स सम्बन्धी सूचना सन्देश प्रबाह गर्ने सिलसिलामा आवश्यक कार्यहरु गर्ने ।
-एस.पि.एस मेजर्स संग सम्बन्धि जानकारीहरु छिटो छरितो एवं सहज रुपमा प्रबाह गर्न सकभर विद्युतिय सञ्‍चार माध्यम (ईन्टरनेट, फोन फ्याक्स आदि) को प्रयोग गरी उपलब्ध गराउने ।

विश्‍व व्यापार संगठन:

विश्‍वभरमा हुने सम्पूर्ण अन्तराष्ट्रिय व्यापार सम्बन्धी नियमहरुलाई पारदर्शी बनाउने, सदस्य राष्ट्रको आर्थिक अवस्था मजबुज पार्ने, व्यापार, लगानी, रोजगारी र आय वृद्धि गर्ने, वस्तु र सेवाको उत्पादन र व्यापारलाई सहयोग गर्ने एव विकासोन्मुख देशहरुको दिगो विकासमा सघाउ पुर्‍याउने आदि उद्देश्य लिई सन् १९९५ मा विश्‍व व्यापार संगठनको स्थापना भएको हो । शुरुको अवस्थामा यसम १२८ वटा देशहरु र युरोपियन युनियन संलग्न रहेका थिए । नेपालले सन् २००४ अप्रिल २३ (वि.सं. २०६१ वैशाख ११ गते )मा विश्व व्यापार संगठनको १४७ औं सदस्य राष्ट्रको अर्थमा सदस्यता प्राप्त गर्‍यो । हाल सम्म यसमा १६१ सदस्यहरु छन् ।