Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

SPS National Enquiry Point

Babarmahal,Kathmandu

एस.पि.एस. सम्बन्धी प्रावधान


विश्‍व व्यापार संगठन अन्तर्गतका विभिन्‍न सम्झौताहरु मध्ये कृषि वस्तुहरुको स्वच्छता सम्बन्धी सम्झौता (Agreement on Application of Sanitary and Phytosanitary Measures) पनि एक हो । यस सम्झौताले विरुवा, पशु र मानिसकको स्वास्थ्य एक जीवन रक्षाको लागि आवश्यक कानून बनाउने अधिकार सदस्यहरुलाई दिएको छ ।
कृषिजन्य वस्तुको आयात/निर्यात गर्दा विरुवा, पशु र मानिसको स्वास्थ्य एवं जीवनमा नकरात्मक असर पर्नु हुदैन । असर पर्छ भन्‍ने प्रमाणित भएमा त्यस्ता वस्तु आयात गर्ने सदस्यले प्रतिबन्ध लगाउन सक्दछ । त्यस्ता प्रतिवन्ध लगाउने प्रावधानहरु (एन नियम, निर्देशिका, आदेश, कार्यविधि, मापदण्ड, निरीक्षण, परिक्षण तथा प्रमाणिकरण प्रकृया, कृषि वस्तुहरुको उत्पादन र क्यारेन्टाईम उपचार आदि ।)व्यापारमा अनावश्यक अवरोध गर्ने नभई विज्ञानमा आधारित हुनुपर्ने वा अन्तराष्ट्रिय मापदण्डलाई आधार बनाई सदस्यहरु विचमा भेदभाव नहुने गरी लागु गरिएको हुनुपर्दछ । यसै गरी विभिन्‍न सदस्यहरुले लागु गर्नु पर्ने एस पि एस सम्बन्धी प्रावधानमा एकरुपता (Harmonization) कायम गर्न खाद्य स्वच्छता, विरुवा एवं पशु स्वास्थता क्षेत्रमा क्रमशः कोडेक्स एलिमेन्टेरियस कमिसन, इन्टरनेशनल प्लाण्ट प्रोटेक्सन कन्भेन्सन र वर्ल्ड अर्गनाईजेशन फर एनिमल हेल्थबाट निर्धारित प्रावधानहरुलाई आधार लिन सकिने कृषि वस्तुको स्वच्छता सम्बन्धी सम्झौतानमा उल्लेख गरिएको छ ।
यस सम्बन्धी जानकारी पारदर्शी गराउन प्रत्येक सदस्यले अनिवार्य रुपले एस. पि. एस नेशनल नोटिफिकेशन अथोरिटि र नेशनल ईन्क्वायरी प्वाईन्ट स्थापना गर्नु पर्ने हुन्छ । जनशक्ति, भौतिक संरचना, समन्वय एवं आर्थिक कारणले एकै निकायले एस. पि. एस नेशनल नोटिफिकेशन अथोरिटि र नेशनल ईन्क्वायरी प्वाईन्ट सम्बन्धी कार्यहरु गरेको पनि पाईन्छ ।

Related Links


  • Food and Agriculture Organization
  • Department of Livestock Services
  • Agriculture Information and Training Center
  • Nepal Agricultural Research Council
  • FAO GM Foods Platform
  • Ministry of Agriculture and Livestock Development
  • SPS National Enquiry Point
Translate »