नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

एस.पि.एस नेशनल इन्क्वायरी प्वाईन्ट

बबर महल, काठमाडौँ

परिचय


एस.पि.एस नेशनल इन्क्वायरी प्वाईन्ट:

कृषि वस्तुको स्वच्छता सम्बन्धी सम्झौताको पारदर्शिता प्रावधान अन्तर्गत नेपालमा एस.पि.एस नेशनल ईन्क्वायरी प्वाईन्ट स्थापना सन् २००४ जनवरी १ मा कृषि विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागमा भएको हो । एस.पि.एस सम्बन्धी प्रावधानहरुका बारेमा नेशनल ईन्क्वायरी प्वाईन्टले जानकारी उपलब्ध गराउने क्रममा तपसिलका कार्यहरु गर्दछ ।
-एस.पि.एस संग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु संग समन्वय गरी एस.पि.एस सम्बन्धी प्रावधान बारे सूचना एवं जानकारीहरुको अभिलेख राखी आवश्यता अनुसार आदान प्रदान गर्ने ।
-विश्‍व व्यापार संगठनका सदस्यहरु एवं अन्य सेवाग्राहीहरुलाई आवश्यकता पर्ने जानकारीहरु इन्क्वायरी प्वाईन्टमा भएमा तुरुन्तै उपलब्ध गराउने तथा नभएमा सम्बन्धित निकायसँग समन्वय गरी जानकारी उपलब्ध गराउने ।
-एस.पि.एस मेजर्स सम्बन्धी सूचना सन्देश प्रबाह गर्ने सिलसिलामा आवश्यक कार्यहरु गर्ने ।
-एस.पि.एस मेजर्स संग सम्बन्धि जानकारीहरु छिटो छरितो एवं सहज रुपमा प्रबाह गर्न सकभर विद्युतिय सञ्‍चार माध्यम (ईन्टरनेट, फोन फ्याक्स आदि) को प्रयोग गरी उपलब्ध गराउने ।

विश्‍व व्यापार संगठन:

विश्‍वभरमा हुने सम्पूर्ण अन्तराष्ट्रिय व्यापार सम्बन्धी नियमहरुलाई पारदर्शी बनाउने, सदस्य राष्ट्रको आर्थिक अवस्था मजबुज पार्ने, व्यापार, लगानी, रोजगारी र आय वृद्धि गर्ने, वस्तु र सेवाको उत्पादन र व्यापारलाई सहयोग गर्ने एव विकासोन्मुख देशहरुको दिगो विकासमा सघाउ पुर्‍याउने आदि उद्देश्य लिई सन् १९९५ मा विश्‍व व्यापार संगठनको स्थापना भएको हो । शुरुको अवस्थामा यसम १२८ वटा देशहरु र युरोपियन युनियन संलग्न रहेका थिए । नेपालले सन् २००४ अप्रिल २३ (वि.सं. २०६१ वैशाख ११ गते )मा विश्व व्यापार संगठनको १४७ औं सदस्य राष्ट्रको अर्थमा सदस्यता प्राप्त गर्‍यो । हाल सम्म यसमा १६१ सदस्यहरु छन् ।

Related Links